काठमाडौँ। गएको २४ घन्टामा नेपालमा १३ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी गराएका हुन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । तीमध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने पछिल्लो २४ घण्टामा जना १४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यो संगै संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ।
गएको २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जनाको जनाको निधन भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४५९ पुगेको छ भने निको हुनेको दर ७३.४ प्रतिशत रहेको छ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७