धनगढीः धनगढीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छन् ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर ३ का ४१ वर्षीय पुरुष, वडा नम्बर ६ का ४२ वर्षीय पुरुष र वडा नम्बर १० का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाएका ।वडा नम्बर ३ का ४१ वर्षीय पुरुष व्यापारी हुन् भने अन्य दुई जनाको खोजी भईरहेको उपमहानगरपालिकाले जनाएको छ। यो सँगै धनगढीमा संक्रमितको संख्या पाँच सय ३५ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७