काठमाडौँ । काेराेना भाइरसकाे संक्रमणका कारण ललितपुरमा थप ३ जनाकाे मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा २ पुरुष र १ महिला छन् ।
ललितपुरकाे मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ७० वर्षीय महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
यसैगरी सोही अस्पतालमा असोज ५ गते भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
यस्तै बयोधा अस्पतालमा ललितपुरका ७२ वर्षीय कोरोना संक्रमित पुररषको बुधबार मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७