चितवन । तनहुँका कोरोना भाइरस संक्रमित पुरुषको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ।
चितवन मेडिकल कलेजमा उपचाररत तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई भदौ २९ गते डायलाइसिस गर्नका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यससँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७