काठमाडौं । बुधबार नेपालमा थप १ हजार १ सय ७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा भएको ९ हजार ४ सय ४९ जनाकाे पिसिआर परीक्षण गर्दा साे संख्यामा संक्रमित भेटिएका हुन् ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे जम्मा संख्या ६७ हजार ८ सय ४ पुगेकाे छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ सय ९२ जना, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको हाे ।
यसैगरी बुधबार थप १ हजार ८ सय ९३ जना निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म काेराेनाबाट निकाे हुनेकाे संख्या ४९ हजार ९ सय ५४ पुगेकाे छ ।
त्यस्तै बुधबार थप ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या ४ सय ३६ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७