बाँके । काेराेना भाइरसकाे संक्रमणका कारण बर्दियाका थप १ जनाकाे मृत्यु भएकाे छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नम्बर ३ का वडाध्यक्ष ३९ वर्षीय सूर्यबहादुर थारुको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको हाे ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बुधबार बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७