धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको पिसिआर परीक्षणमा गिरीलाई कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएकाे छ ।
कोरोना पुष्टि भएपछि डा. गिरी प्रतिष्ठानको आफ्नै निवासको आइसोलेसनमा बसेका छन् । उनले प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफू कोरोना संक्रमित भएको र निवासमा आइसोलेसन वार्डमा बसेको जानकारी गराएका छन्।
गिरीले आफूसँग सम्पर्कमा रहेका सबैलाई परीक्षण गरी सजगता अपनाउन अनुरोध गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७