काठमाडौं । नेपालमा शनिबार थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा साे संख्यामा संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ५३ हजार १ सय २० पुगेको छ भने हाल सक्रिय संक्रमितकाे संख्या १५ हजार २ सय ६० छ ।
यसैगरी शनिबार कोरोनालाई जितेर ८ सय ५२ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा काेराेना मुक्त हुनेकाे संख्या ३७ हजार ५ सय २४ पुगेकाे छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १५ हजार २ सय ६० जना छन् भने ६ हजार ३ सय ५४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७