काठमाडौं । नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा साे संख्यामा संक्रमित थपिएका हुन् ।
शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडाैं उपत्यकाका मात्रै ६ सय ९६ जना छन् । काठमाडौंका ६ सय २०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ५१ हजार ९ सय १९ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ ।
प्रवक्ता गौतमका अनुसार शुक्रबार थप ९ सय ७२ जना काेराेना मुक्त भएर घर फर्किएका छन् । यससँगै हालसम्म ३६ हजार ६ सय ७२ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ७ सय १ जनाको पिसिआर परीक्षण गरिएको छ । यससँगै ८ लाख २१ हजार १ सय ८६ जनाको परीक्षण गरिएको जनाइएकाे छ ।
यसैगरी काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लाे २४ घन्टामा थप ५ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष छन् ।
यससँगै मृत्यु हुनेकाे संख्या ३ सय २२ पुगेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७