काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार देशभरका प्रयाेशालामा गरिएकाे परिक्षणमा साे संख्यामा संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । यसैगरी हाल सक्रिय संक्रिमतकाे संख्या १४ हजार ४ सय ४८ छ ।
यसैबीच काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको छ । पछिल्लो २४ घन्टामा ५ सय ७२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ९५ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ४३ जना संक्रमित थपिएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना काेराेनामुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै काेराेनामुक्त हुनेकाे संख्या ३५ हजार ७ सय पुगेकाे छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा नेपालमा थप ५ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ । मृत्यु हुनेमा १ जना महिला र ४ जना पुरुष छन् ।
यससँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ३ सय १७ पुगेकाे छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७