काठमाडौं । काेराेना भाइरसकाे संक्रमणका कारण पोखरामा एक महिलाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १० की ७३ वर्षीया महिलाको मंगलबार अपराह्न उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहायक प्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।
संक्रमित महिलालाई सोमबारदेखि आइसियुमा राखेर उपचार भइरहेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७