काठमाडौँ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अर्घाखाँचीका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सितगंगा नगरपालिका–१२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले बताए।
भदौ ११ गते भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार मृत्यु भएको हो । उनी टिपर दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए।
दायाँ करङ र नाडी भाँचिएका उनको १४ दिनपछि अप्रेसन गर्नुअघि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी भैरहवाकै भीम अस्पतालमा रिफर भएका थिए ।
भीम अस्पतालले समेत कोरोना संक्रमितको शल्यक्रिया गर्न जोखिम हुने भएकोले ११ गते कोहलपुर रिफर गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७