धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप १ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ।
झापाको कन्काई-३ की ३९ वर्षीया संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइतबार बिहान पौने ११ बजेतिर उनको मृत्यु भएको हो । मेची अस्पतालबाट रिफर भएर आएकी उनी भदौ १८ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन्।
उपचारत महिलामा १ सातादेखि कब्जियत र गएको २ दिनबाट ज्वरो, श्वासप्रश्वासमा समस्या, निमोनिया देखिएको थियो ।
गम्भीर अवस्थामा भर्ना गरिएकी महिलाको भेन्टिलेटरमा उपचार भइरहेकाे थियाे ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७