काठमाडौं । काेराेना भाइरसकाे संक्रमण कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार ३ जना महिला र ६ जना पुरुषकाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिला छन्
यसैगरी महोत्तरीका ७८ वर्षीय, पर्साका ७५ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।
यससँगै देशभर काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ सय ८० पुगेकाे छ ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७