काठमाडौं । काेराेना भाइरसकाे संक्रमणका कारण नेपालमा थप २ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा माेरङका १ जना र महाेत्तरीका १ जना छन् ।
विराटनगरमा थप १ काेराेना संक्रमित पुरुषकाे मृत्यु भएको छ । माेरङकाे कदमाहाका ५२ वर्षीय पुरुषकाे उपचारका क्रममा कोसी अस्पताल मृत्यु भएकाे अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।
ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई आइसोलेसनमा भर्ना गरेर कोरोना परीक्षण गरिएकाे थियाे । काेराेना पुष्टि भएपछि उनलाई कोभिड-१९ अस्पताल रिफर गरिएको थियाे ।
यसैगरी धुलिखेल अस्पतालमा उपचाररत महाेत्तरीका १ कोरोना संक्रमितको मृत्यु भएको हाे ।
महोत्तरी बर्दिबासका ७५ वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकारी दिए।
डा ताम्राकारका अनुसार उनी १८ दिन अगाडि सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएका थिए । उनी दम र रक्तचापका बिरामी थिए ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७