काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ८८ नमुना परीक्षणका क्रममा ३ सय ४४ महिलासहित १ हजार ६९ जनामा काेराेना देखिएकाे हाे ।
मंगलबार काठमाडौं उपत्यकामा मात्रै ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका ३ सय ९३, ललितपुरका ५८ जना र भक्तपुरमा ३० जनामा संक्रमण देखिएकाे हाे ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित २२ हजार १ सय ७८ निको भएर घर फर्किएकाे गाैतमले जनाए ।
हाल १८ हजार १ सय १२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा १० हजार ८ सय ३२ जना छन् । यस्तै होम आइसोलेसनमा रहेनको संख्या ७ हजार २ सय ८० छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७