चितवन । भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण साेमबार बिहान मृत्यु भएको हो ।
भदौ २ गते कोरोना पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए ।
योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चितवनका ६ जना छन् । तीमध्ये १ जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो ।
यस्तै मकवानपुरका ३, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका १-१ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७