काठमाडाैं । आइतबार देशभर थप १२ सय २१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। याे एकैदिनमा भेटिएकाे हालसम्मकै बढी संख्या हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२ हजार ४ सय १७ जनाकाे परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।
आइतबार थपिएकामध्ये ३ सय ४८ जना महिला छन् भने पुरुषकाे संख्या ८ सय ७३ छ ।
यसैबीच काठमाडाैं उपत्यकामा मात्र ४ सय २९ जनामा संक्रमण देखिएकाे छ । गाैतमका अनुसार काठमाडाैंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन् ।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १७ हजार ५ सय १८ छ ।
यसैगरी विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए । यससँगै २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन् ।
यसैगरी पछिल्लाे २४ घन्टामा थप १४ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष छन् ।
यससँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २ सय २१ पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७