काठमाडाैं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकै दिन आमाछोराको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
आइतबार बिहान धरान उपमहानगरपालिकाका ७४ वर्षीय आमा र ६० वर्षीय छोराको मृत्यु भएको हो । उनीहरू दुवै जनालाई शनिबार राति अस्पताल लगिएको थियाे ।
प्रतिष्ठानकाका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइतबार बिहान ७ः४५ बजे आमाको मृत्यु भएको हाे भने छोराको पनि बिहान ८ः३७ बजे मृत्यु भएको हो ।
७४ वर्षीया आमामा अत्यधिक खोकी, सास फेर्न समस्या, तथा ज्वरोकाे समस्या थियाे भने छोरामा पनि सास फेर्नमा समस्या, अत्यधिक खोकी र १० दिन देखि ज्वरो आएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७