काठमाडौँ । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको परीक्षण गरिएको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सिसीएमसीको उक्त बैठकमा सहभागी थिए।
उनीहरुको स्वाब बिहान सङ्कलन गरिएकामा शनिबार साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।
बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै व्यक्ति आइसोलेसनमा रहेका थिए।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७