काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभरका प्रयोगशालामा १० हजार ४ सय ७१ नमुना परीक्षण गर्दा २ सय ४२ महिला र ६ सय ५२ पुरुषमा संक्रमण पाइएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या ३७ हजार ३ सय ४० पुगेको छ भने हाल सक्रिय संक्रमितकाे संख्या १६ हजार ५ सय ७८ छ ।
थपिएका ८ सय ८४ मध्ये काठमाडौं उपत्यकाका मात्र १ सय ८६ जना छन्। तीमध्ये काठमाडौंका १ सय ५५, ललितपुरका १९ र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ।
यसैगरी पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भई थप ३ सय १३ जना घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ ।
यसैगरी कोरोना भाइरसकाे संक्रमणबाट शनिबार थप १२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार उपत्यकाका ३ जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको हाे ।
यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका १/१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७