कास्की । पोखरामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका १४ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।
मृतक पुरूषको पेटमा आन्द्रा बटारिएका कारण उनको भदौ ७ गते भर्ना भएकै दिन आकस्मिक रूपमा पेटको अपरेसन गरिएको थियो।
अरू रोगको नभए पनि पेटमा आन्द्राको समस्या भएपछि उनी अस्पताल पुगेका थिए।
भदौ १० गते कोरोना पोजेटिभ भएर कोभिड १९ उपचार केन्द्रका आइसियुमा उपचाररत उनको शनिबार बिहान ११ बजे उपचारकै क्रममा ज्यान गएको हो ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७