काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणका कारण नेपालमा थप ३ जनाकाे मृत्यु भएकाे छ ।
पछिल्लाे पटक मृत्यु हुनेमा वीरगन्जका २ जना र सिरहाका १ जना छन् । वीरगन्ज–१२ का ४३ वर्षीय र वीरगन्ज–२६ का ३७ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
१ पुरुषको अस्थायी कोभिड अस्पताल वीरगन्जमा तथा अर्का पुरुषको उपचारका लागि काठमाडौं लाने क्रममा बाटोमै मृत्यु भएको नारायणी अस्पताललका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए ।
एचआईभी र हेपाटाइटिस बीबाट पीडित ४३ वर्षीय पुरुषको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । शुक्रबार मात्र कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगन्ज कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै ३७ वर्षीय पुरुषलाई उपचारका लागि तराई अस्पतालमा राखिएकामा स्वास्थ्य थप बिग्रिएपछि कोभिड अस्पताल वीरगन्ज भर्ना गरिएको थियो ।
अवस्था जटिल बन्दै गएपछि उनलाई एम्बुलेन्समा भेन्टिलेटरसहित थप उपचारका लागि काठमाडौं लैजाने क्रममा शुक्रबार राति मुग्लिङ पुग्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत काेराेना संक्रमित पुरूषकाे पनि शुक्रबार राति मृत्यु भएकाे छ ।
सिराहाकाे भदैया-६ का ८४ वर्षीय काेराेना संक्रमित पुरूषको गएराति उपचारका क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७