काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १ सय ९५ संख्या पुगेको जानकारी दिए ।
मृत्यु हुनेमा मोरङका ५६ र ६५ वर्षीया २ जना, भक्तपुरमा ६४ वर्षीया १ जना र मकवानपुरकी ७१ वर्षीया १ जना गरी ४ महिला छन् ।
त्यसैगरी उदयपुका ५२ वर्षीय १ जना, पर्साका ७२ वर्षीय १ जना, धनुषाका ४५ वर्षीय १ जना, सिरहाका ५५ वर्षीय १ जना, झापाका ८३ वर्षीय १ जना, चितवनका ५१ वर्षीय १ जना, कास्कीका ५२ वर्षीय १ जना र रुपन्देहीका ६० वर्षीय १ जना गरी ८ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७