काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ९ सय २७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय २९ जनाकाे परीक्षण गर्दा ३ सय ३४ महिला र ५ सय ९३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १६ हजार १९ छ ।
यसैगरी २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ सय १५ जनामा क्रमण देखिएकाे छ । काठमाडौं जिल्लामा मात्रै ३ सय ५० जनामा काेराेना देखिएकाे छ भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १ सय ६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७