काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणका कारण बुटवल र चितवनमा गरी थप २ जनाकाे मृत्यु भएकाे छ ।
चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको हो।
मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार ती वृद्धालाई भदौ ७ गते उपचारका लागि ल्याइएको थियो । दम र निमोनियाबाट पीडित उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
यसैगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकाे कोरोना विशेष अस्थायी अस्पतालमा भेन्टिलेटरमा उपचारत तिलोत्तमा नगरपालिका ४ का ६० वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।
ती पुरुषलाई भदौ ७ गते कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना गरी उपचार भइरहेकाे थियाे । उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो भने उच्च रक्तचापका दीर्घरोगी भएको अस्पतालले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७