धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाकाे कमल गाउँपालिका-३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका-५ निवासी ५६ वर्षीया महिला छन् ।
खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएका पुरुष बिएन्डसी टिचिङ अस्पताल बिर्तामोड झापाबाट र खोकी, ज्वरो र श्वासप्रश्वासमै समस्या भएकी महिला कोसी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए ।
झापाका पुरुषमा गत भदाै ३ गते कोरोना पोजेटिभ देखिएको थियो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापा कमलगाउँपालिकाका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७