काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ महिला र ३ पुरुषकाे मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमणबाट ललितपुरकी ६५, बाराकी २३, कास्कीकी ३२, रुपन्देहीकी ६२ र बाँके ७० वर्षीया महिला तथा काठमाडौंका ४८, पर्साका ६२ र कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७