काठमाडौं । काेराेना भाइरसकाे संक्रमणका कारण थप ३ जनाकाे मृत्यु भएकाे छ । ललितपुरकाे किस्ट अस्पताल, पाटन अस्पताल र वीरगन्जकाे वीरगन्ज हेल्य केयर अस्पतालमा उपचाररत संक्रमितकाे मृत्यु भएकाे हाे ।
ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । बिरामी भएर गत भदाै ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
अर्घाखाँचीका ५५ वर्षीय पुरुषकाे दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो ।
यसैगरी ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार उनको गएराति कोभिड वार्डमा निधन भएको र स्वाब संकलन गरेर परीक्षण गर्दा आज विहान रिपाेर्ट पोजेटिभ आएको छ ।
यसैगरी वीरगन्ज–१४ बहुअरीका ६२ वर्षीय पुरुषकाे पनि काेराेनाका कारुण मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
बहुवरीका पुरुषको बिहीबार बिहान उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको डा. चौरसियाले बताए । उनी गत साउन ३० गते उपचारका लागि कोरोना अस्पतालमा भर्ना भएका थिए । उनमा निमोनिया समेत देखिएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७