काठमाडाैं । बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको बिहीबार बिहान वीरगन्जकाे नारायणी अस्पतालमा मृत्यु भएको छ ।
३३ हप्ताको गर्भवती रहेकी २३ वर्षीया बाराको हर्दिया-४ की उनको उपचारका क्रममा मृत्यु भएकाे अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार गर्भवती महिलामा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी पोखरामा पनि कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा ३२ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।
अरु कुनै पनि रोग नदेखिएकी महिलाको कोरोनाका कारण मृत्यु भएको गण्डकीमा यो पहिलो पटक हो ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७