काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणका कारण नेपालमा थप २ जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा काठमाडाैंका १ जना र महाेत्तरीका १ जना छन् । काठमाडाैंका संक्रमितकाे पाटन अस्पतालमा मृत्यु भएकाे हाे भने महाेत्तरीका संक्रमितकाे विराटनगरकाे न्युराे अस्पतालमा मृत्यु भएकाे हाे ।
काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
यसैगरी विराटनगरको न्युरो अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतका अनुसार मंगलबार राति संक्रमितको मृत्यु भएको हो ।
ती पुरुषलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब संकलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७