काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट बारामा थप २ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट सुवर्ण गाउँपालिका–४, परशुरामपुरका ७२ वर्षीय पुरुष र महागढीमाई नगरपालिका–४, दहियार टोलका ५९ वर्षीय पुरुषको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि भदौ ८ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका सुवर्णका ७२ वर्षीय पुरुषकाे उपचारका क्रममा मंगलबार मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए।
डा. सिंहका अनुसार महागढीमाई नगरपालिका–४ का ५९ वर्षीय पुरुष भदौ ५ गते गण्डक अस्पताल भर्ना भएका थिए । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई गण्डक अस्पतालको आइसियुमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हाे ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७