काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोरोना संक्रमणको अवस्था अहिलेको भन्दा अझ् भयावह हुने चेतावनी दिएकाे छ ।
डब्लुएचओका नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा परिस्थिति अझ् नराम्रो हुने बताएका हुन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई अन्तर्वार्ता दिँदै जाेसले भनेका छन्, हाम्रो अध्ययनले नेपालमा परिस्थिति अझै नराम्रो हुनसक्ने देखाएको छ ।'
पहिलो नेपालमा युवाहरुमा कोरोना संक्रमण बढी देखिएकामा अब वृद्धवृद्धामासमेत कोरोना संक्रमण देखिन थालेको डा. जोशले बताए ।
'कोरोनाबाट मृत्यु हुनेमा ज्येष्ठ नागरिकहरु नै बढी रहेका छन्', उनले भने, 'बढी कोरोना संक्रमण देखिएका अन्य देशहरु पनि छन् । समग्र जनसंख्याको १ देखि २ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको छ । नेपाल त्यो अवस्थामा पुगेको छैन । अहिले नेपाल ० दशमलव १ प्रतिशतको अवस्थामा छ ।'
केसको संख्या बढिरहेको भए पनि आतिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । विश्व स्वास्थ्य संगठनले संक्रमण नियन्त्रणका लागि नेपाललाई आवश्यक सबै सहयोग दिन तयार रहेकोपनि डा. जोसले प्रतिबद्धता जनाए ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७