काठमाडाैं । पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।
वीरगन्जको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका पर्साको जीराभवानी गाउँपालिका- ४ सुपौलीका ६८ वर्षीय पुरुषको पिसिआर रिपाेर्ट पोजेटिभ देखिएको हो ।
उनलाई गत ७ गते राति साढे ९ बजे गण्डक अस्पतालमा भर्ना गरिएको थियो । तर भर्ना भएको १ घण्टा नबित्दै उनको मृत्यु भएको थियो ।
ट्राभल हिस्ट्री नभएका उनमा मुटु र निमोनियाको समस्या रहेकाे अस्पतालले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७