काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार बेलुका मृत्यु भएको छ ।
त्यसैगरी, धुनषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७