धरान । काेराेना भाइरसकाे संक्रमणका कारण नेपालमा थप १ जनाकाे मृत्यु भएकाे छ ।
सिरहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको धरानस्थित बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हाे ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
गत मंगलबार २ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएका युवक लागुपदार्थ सेवनकर्ता र मुटुको समस्या रहेका अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
हाल उनको शव ब्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७