काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा गरिएको १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षणमा २ सय ४६ महिला र ४ सय ९७ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
साेमबार थपिएकामध्ये २ सय २४ जना काठमाडाैं उपत्यकाका मात्रै छन् । गाैतमका अनुसार काठमाडौं जिल्लामा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित भेटिएका हुन् ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टा १ सय ७५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
मृत्यु हुनेमा रुपन्देहीका ६८ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष छन् । त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७