विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगर महानगरपालिकामा १ जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति ९ बजे मृत्यु भएको हो । उपचारका लागि अस्पताल ल्याइपुर्याएको १ घण्टामै ती पुरुषको मृत्यु भएको थियाे ।
गत बिहीबार उनको स्वाब संकलन गरी परीक्षणमा पठाइएकामा आइतबार कोरोना संक्रमण भएको रिपोर्ट आएसँगै कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
मृतक व्यक्तिसँगै उनका परिवारका थप ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कन्ट्र्याक्ट ट्रेसिङमा परेकाले कोरोना परीक्षण गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७