काठमाडौं । कोरोना भाइरसकाे संक्रमणका कारण बुटवलमा २ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा १ महिला र १ पुरुषको मृत्यु भएको हो ।
अस्पतालले जनाएअनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– १ की ६७ वर्षकी महिला र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुष छन् ।
साउन ३१ गत कोराेना संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी बुटवलकी महिलामा स्वासप्रस्वासमा समस्या देखिएकाे थियाे भने रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगी भएको अस्पतालले जनाएको छ ।
यस्तै भदौ १ गत संक्रमण पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि समरीमाईका पुरुषलाई सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा दिउसो १: १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७