काठमाडौं । नेपालमा शनिबार थप ६ सय ३४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर १ सय ८२ महिला र ४ सय ५२ पुरुष गरी ६ सय ३४ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
शनिबार थपिएकामध्ये उपत्यकाका मात्रै २ सय १६ जना छन् । गौतमका अनुसार काठमाडौं जिल्लामा १ सय ६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जना संक्रमित थपिएका छन् ।
गाैतमका अनुसार नेपालमा काेराेना संक्रमितको कुल संख्या ३१ हजार १ सय १७ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा विभिन्न आइसाेलेसनबाट १ सय ३६ जना डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म निकाे हुनेकाे संख्या १८ हजार ३ सय ५० पुगेकाे छ ।
पछिल्लो २४ घन्टामा १२ हजार ५ सय १९ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । यससँगै अहिलेसम्म कुल ५ लाख ९२ हजार ३ सय ३८ नमुना परीक्षण गरिएको छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा नेपालमा थप ९ जनाको मृत्यु भएको छ । पर्साका ३ जना, सुनसरीका २ जना, बारा, सिरहा, मकवानपुर र र भक्तपुरका १-१ जनाको मृत्यु भएको हाे ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७