काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।
शनिबार धरान उपमहानगरपालिका–१५ का ६७ वर्षीय वृद्धको मृत्यु भएको हो । उनलाई प्लाज्मा थेरापी गरिएकाे थियाे ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार स्वास्थ्य अवस्था गम्भीर भएका कारण थेरापी असफल भएको छ ।
ती पुरूषमा गत २७ साउनमा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे थियाे । ज्वराे, श्वासप्रश्वास र खाेकी सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका ती पुरूषमा उपचारकै क्रममा काेराेना देखिएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७