काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पिएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत बिहीबार नेपालसहित सबैको स्वाब संकलन गरिएको थियो । नेता नेपालसहित उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपालका पिएसओ र पछुवा गाडीका चालकसहित ९ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।
‘बिहीबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो,’ उनले भने,‘रिपोर्ट आउँदा पिएसओसहित ९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।’
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७