जनकपुरधाम । बुधबार मृत्यु भएका धनुषाका १ व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
जिल्लाको नगराइन नगरपालिका- ३ फुलगामाका ५० वर्षीय पुरुषमा मृत्युपछि शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार उनको अचानक स्वास्थ्य अवस्था बिग्रिएर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गर्दा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो । काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
उनी मुटु, दम, उच्च रक्तचाप र मधुमेहका बिरामी भएका प्रादेशिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको अन्तिम संस्कार बिहीबार नै गरिसकिएको छ ।
योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १० पुगेको छ भने देशभरमा १ सय ३८ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७