काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
बिहीबार देशभरका प्रयाेगशालामा गरिएकाे परीक्षणमा १ सय ९२ जना महिला र ५ सय १४ पुरुष गरी ७ सय ७ जनामा काेराेना संक्रमण देखिएकाे हाने ।
योसहित संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार थपिएका संक्रमितमध्ये २ सय जना काठमाडाैं उपत्यकाका छन् । काठमाडाैं जिल्लामा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार हाल संक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ ।
यसैगरी पछिल्लाे २४ घण्टामा देशभरमा ६ जनाको मृत्यु भएको छ । काठमाडौंकी १ महिला, मकवानपुर, सप्तरीका १-१ पुरुष र पर्साकी १ महिला र २ पुरुषको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या १ सय २६ पुगेकाे छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७