काठमाडाैं । धरानस्थित बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका सप्तरीका १ युवकमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।
केही दिनदेखि रुघाखोकी, दमलगायत समस्या देखिएका उनलाई मंगलबार उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएकोमा केहीबेरमै उनको मृत्यु भएको प्रमुख यादवले जनाए ।
मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७