काठमाडाैं । नेपालमा काेराेना संक्रमणका कारण थप २ जनाकाे मृत्यु भएकाे छ । पाटन अस्पताल र विपी प्रतिष्ठानमा उपचाररत २ जना महिलाकाे मृत्यु भएकाे हाे ।
वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङको बुढिगंगा गाँउपालिका- २ की ६७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हाे । विराटनगरको विराट मेडिकल कलेजबाट रिफर भएर प्रतिष्ठान भर्ना भएकी उनको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
लामाे समयदेखि मुटुराेगी रहेकी महिला अस्पतालमा भर्ना हुँदा अत्यधिक ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रस्वासमा समेत गम्भीर समस्या थियाे ।
यसैगरी ललितपुरकाे पाटन अस्पतालमा उपचाररत १ महिलाकाे बुधबार बिहान मृत्यु भएकाे छ ।
पाटन अस्पतालका अनुसार भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७