काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार १३ हजार ४ सय ६१ जनाकाे पिसिआर परीक्षण गर्दा साे संख्यामा संक्रमित पाइएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
मंगलबार थपिएकामध्ये २ सय ५ जना काठमाडाैं उपत्यकाका मात्रै छन् । गाैतमका अनुसार काठमाडाैंमा १ सय ३८, भक्तपुरमा १७ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएकाे हाे ।
यसैगरी पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यसससँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १७ हजार ५ सय ८० पुगेको छ ।
यसैगरी विगत २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका १-१ पुरुष र तनहुँकी १ महिलाको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
यीसहित हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ सय १४ पुगेकाे छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७