काठमाडाैं । पाेखरामा एकै दिन २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
गएराति कास्की सेवा अस्पतालमा उपचाररत तनहुँकी महिलाकाे मृत्यु भएकाे थियाे । यसैगरी मंगलबार बिहान पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पाेखराकै अर्का पुरुषकाे पनि मृत्यु भएकाे छ ।
प्रतिष्ठानको इमरजेन्सी विभागमा उपचाररत पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान साढे १० बजेतिर बजे मृत्यु भएको हाे ।
उनी साउन २२ गते ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएका थिए । काेराेना संक्रमण भएकाे आशंकामा परीक्षण गर्दा भदाै १ गते उनलाई काेराेना पुष्टि भएकाे थियाे ।
मृत्यु भएका पुरुषमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला लगायतको समस्या रहेको अस्पतालले जनाएको छ । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको जनाइएकाे छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७