काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण थप २ जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा तनहुँकी महिला र नवलपरासीका पुरुष छन् । पोखराको कास्की सेवा अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको गए राति मृत्यु भएको अस्पतालले जनाएको छ।
ती महिलामा भने मृत्यपछि कोरोना संक्रमण देखिएको बताइएको छ। तनहुँ व्यासकी ती महिलाको स्वाब पहिल्यै संकलन गरिएको र रिपोर्ट मंगलबार बिहानआएको अस्पतालले जनाएको छ ।
यसैगरी ललितपुरकाे पाटन अस्पतालमा उपचाररत पश्चिम नवलपारसीका ३८ वर्षीय पुरुषकाे मंगलबार बिहान मृत्यु भएकाे छ ।
नेपाली कांग्रेसका नेतासमेत रहेका उनलाई प्रादेशिक अस्पताल भैरहवामा २८ साउनमा कोरोना पुष्टि भएकाे थियाे ।
काेराेना पुष्टिपछि उनी पाटन अस्पतालमा उपचार गराइरहेका थिए । बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको अपरेसन गराएका उनको अपरेसन लगत्तै कोरोनासँग मिल्दाेजुल्दाे लक्षण देखिएपछि परीक्षण गराउदा कोरोना पुष्टि भएको थियो ।
यससँगै नेपालमा काेराेनाका कारण ११२ जनाकाे मृत्यु भइसकेकाे छ । यसअघि गएराति मात्रै बाँकेका १ जना र काभ्रेका १ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७