इलाम । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा गएराति मृत्यु भएका २२ वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए ।
उनको मृत्युपछि सबै त्रस्त थिए । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए ।
उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७